कोभिड–१९ को संक्रमणबाट बच्न सबै निर्देशन पालना गर्न कतार दूतावासको अनुरोध
प्रकाशित मिति
२०७६ चैत्र १६ गते, आईतवार ०५:४६
एजेन्सी, कतारमा कोरोना भाइरस (कोभिड–१९) बाट १ जनाको मृत्यु भएको छ । कोरोना भाइरस बाट यहाँ पहिलो बिरामीको मृत्यु भएको हो । मृत्यु हुनेमा ५७ वर्षीय बंगलादेशी नागरिक रहेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा कोरोना भाइरस संक्रमितको संख्या ५९० पुगेको छ । त्यस्तै अहिले सम्म ४५ जना निको भएर घर फर्केका छन् भने अहिलेसम्म १६ हजार ५८२ जनाको स्वास्थ्य जाँच गरिएको मन्त्रालयले जनाएको छ ।
यता, कतारस्थित नेपाली दूताबासले कतार सरकारले तोकेका निषेधित क्षेत्रहरुमा नजान वा कुनै पनि भेला नहुन आग्रह गरेको छ । श्रमिकहरु बस्ने क्षेत्र आसपासमा अवैधानिक पसल राखी सामानहरुको किनबेच गर्ने पाइएको भन्दै कम्पनीको आधिकारिक व्यक्तिसँग तोकिएको संख्या (२ जना) मात्र आधिकारिक स्थानबाट सामान किनमेल गर्न दूतावासले अनुरोध गरेको छ ।
प्रतिकृया