• १९ भदौ २०८३, शुक्रबार
  • ९ः२४ बिहान

‘लकडाउन’को छैठौं दिनः काठमाडौं, भक्तपुर, ललितपुर यस्तो देखियो

प्रकाशित मिति

२०७६ चैत्र १६ गते, आईतवार ०२:५५

काठमाडौँ, ‘लकडाउन’को छैठौं दिन आइतबार (आज) उपत्यका सुनसान देखिएको छ । उपत्यकाका तीन ओटै जिल्ला काठममाडौं, ललितपुर र भक्तपुर सधैँ भिडभाड र कोलाहलपूर्ण रहने सडकहरु यतिबेला शान्त देखिएका छन् । ठाउँठाउँमा सुरक्षाकर्मीहरु खटिएका छन्। चोक–चोकमा ट्राफिक प्रहरीहरु उभिएका छन्। उनीहरुलाई अरुबेलाको जस्तो सडकमा सवारीसाधनको चाप व्यवस्थापन गर्न दौडधुप छैन।

तर ‘लकडाउन’को अवज्ञा गर्दै सडकमा निस्किएकाहरुलाई उनीहरुले सम्झाईबुझाई गरेर पठाइरहेका छन्। सरकारले गरेको ‘लक डाउन’को निर्णय पालना गर्न केहीले अटेर गरेपछि आज विहानबाट नेपाल प्रहरीले नयाँ नियम ल्याएको छ । विनकाम बहिर हिडडुल गर्नेलाई सडकमै दुई घण्टा उभ्याएर बारवाही गरिएको प्रहरीले जनाएको छ ।

Kamana Sewa

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम बढ्दै गएपछि नेपालमा पनि सरकारले एक साता ‘लक डाउन’ गर्ने निर्णय गरेको थियो तर आज फेरी मन्त्रीपरिषद्को बैठक बसी केही दिन आझै ‘लकडाउन’ थप्ने कुरा बहिर आएको छ । हालसम्म नेपालमा पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ भने विश्वमा १९९ राष्ट्र कोरोनाको संक्रमणमा परेको छ ।

Classic Tech Desktop

काठमाडौं यस्तो देखियो

 

 

ललितपुर यस्तो देखियो

 

 

भक्तपुर यस्तो देखियो

 

 

 

 

 

प्रतिकृया