• १९ भदौ २०८३, शुक्रबार
  • ११ः०२ बिहान

२० थान ग्याँस सिलिण्डर लुकाई राख्ने एक जना पक्राउ

प्रकाशित मिति

२०७६ चैत्र १६ गते, आईतवार ०३:०९

धनुषा, जनकपुर उपमहानगरपालिका–११ बस्ने ४५ वर्षीय जय प्रकाश साहलाई ग्याँस लुकाई छिपाई राखेको अभियोगमा शुक्रवार प्रहरीले पक्राउ गरेको छ । ग्याँस लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले साहलाई पक्राउ गरेको हो ।

साथै उनको पसलको गोदाममा तलासी गर्दा लुकाई राखेको बिभिन्न कम्पनीका २० थान ग्याँस सिलिण्डर बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Kamana Sewa

प्रतिकृया