• २९ भदौ २०८३, सोमबार
  • ९ः१३ बिहान

मास्कको कालोबजारी गर्ने पक्राउ

प्रकाशित मिति

२०७६ चैत्र १५ गते, शनिबार ०९:५६

जनकपुरधाम । जनकपुरधाममा प्रति मास्क रु ७५० मा बेच्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

National Life

पक्राउ पर्नेमा बजरंग जेनरल स्टोरका सञ्चालक जनकपुरधाम उपमहानगरपालिका(४ बस्ने ३६ वर्षीय राजेश कुमार झा रहेका धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

प्रादेशिक अस्पताल नजिकै रहेको स्टोरबाटप्रति मास्क ७५० र पञ्जाप्रति पोका ५ सय रुपैयाँमा बेचीरहेको समयमा अनुगमन टोलीले फेला पारी पक्राउ गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

बजारमा प्रति मास्कको ३ सयदेखि ३५० मूल्य पर्ने मास्क झाले ७५० रुपैयाँमा बेचेर कालोबजारी गरेका कारण पक्राउ गरिएको हो ।
झालाई मास्क र पञ्जासहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया