• २६ भदौ २०८३, शुक्रबार
  • १ः३५ राती

कोरोना नियन्त्रण कोषमा हिमालयन बैंकको एक करोड २५ लाख रुपैयाँ सहयोग

प्रकाशित मिति

२०७६ चैत्र १५ गते, शनिबार ०२:१०

 

National Life

काठमाडौं । सरकारको कोरोना नियन्त्रण कोषमा हिमालयन बैंकले एक करोड २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

विश्वभरि फैलिएको नोबल कोरोना भाइरस (कोभिड—१९) को महामारीबाट लाखौ मानिसहरु संक्रमित भई उपचाररत रहेका तथा नेपालमा पनि यस रोगबाट केहि व्यक्तिहरुमा संक्रमण भएको पुष्टि भएको तथ्यलाई मध्यनजर राख्दै सहयोग गरेको बैंकले जानकारी दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

महामारीबाट बच्न कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका साथै चिकित्सकहरु तथा स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरुको सुरक्षाको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु खरिद गर्न देश र जनता प्रतिको आफ्नो दायित्वलाई मनन गर्दै सहयोग गरेको विज्ञप्तिमा उल्लेख छ। कोरोनाको उच्च जोखिम हुन नदिनको लागि हिमालयन बैकको एक करोड २५ लाख रुपैयाँ आर्थिक सहयोग हो ।

 

प्रतिकृया