ज्येष्ठ नागरिकलाई मासिक १० हजार राहतस्वरुप रुपैयाँ दिइने तयारी
प्रकाशित मिति
२०७६ चैत्र १५ गते, शनिबार ०५:१७

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशभरका पुनःस्थापना केन्द्र, वृद्धा आश्रममा रहेका ज्येष्ठ नागरिकलाई राहत स्वरुप तीन महिनाको लागि मासिक १० हजार रुपैयाँ दिने निर्णय भएको छ।
कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि सरकारले लकडाउन गरेको अवस्थामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका करिब एक हजार ५०० ज्येष्ठ नागरिकलाई राहत दिने तयारी गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङका अनुसार, ‘ज्येष्ठ नागरिकको रोगसँग लड्न प्रतिरोधात्मक क्षमता पनि कम हुन्छ, उनीहरुलाई राम्रो खानपानका लागि राहतस्वरुप मासिक रु १० हजार दिने तयारी भएको जानकारी दिएका छन्।’

मन्त्रालयको प्रस्ताव कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले पास गरेपछि काम अघि बढ्ने भएको छ । ‘रोगसँग लड्ने क्षमता ज्येष्ठ नागरिकमा कम हुन्छ, अपाङ्गता भएका व्यक्ति, सुत्केरीलाई विशेष व्यवस्था गर्न विशेष मन्त्रालयले आह्वान गरेको छ’, ‘सम्वेदनशील व्यक्तिलाई घरमा पनि छुटै कोठामा राख्न मन्त्री गुरुङले आग्रह गरेका छन् । बाहिरबाट आएका व्यक्तिको सम्पर्कमै नआउन र सरसफाइ ध्यान दिन समेत आग्रह गरेका छन् ।’देशभरिको वृद्धाआश्रममा रहेका ज्येष्ठ नागरिकलाई तीन महिनाको राहत उपलब्ध गराउने तयारी भएको मन्त्रालयले जनाएको छ । अपाङ्गता भएका, बालगृहमा बसेका बालबालिका र मानव बेचबिखन परेकालाई राहत उपलब्ध गराउन तथ्याङ्क सङ्कलनको काम भइरहेको छ ।



प्रतिकृया