• २३ भदौ २०८३, मंगलबार
  • ४ः१५ बेलुका

सुदुरपश्चिममा कोइलाको टिका लगाएमा कोरोना लाग्दैन भन्ने भ्रम, भ्रम फैलाउनेको खोजी सुरु

प्रकाशित मिति

२०७६ चैत्र १४ गते, शुक्रबार १२:०३

धनगढी, कोइलाको टिका लगाएमा कोरोना लाग्दैन भन्ने सुदुरपश्चिममा भ्रम फैलिएको छ । यस्तो कोईलाको हल्ला फैलाउनेको खोजी सुरु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले कोईलाको टीका लगाएर कोरोनाको संक्रमणबाट जोगिने भन्दै भ्रम फैलाउनेको खोजी सुरु भएको जनाएको हो।

National Life

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले पनि कोईलाको हल्ला पछाडि नलाग्न जिल्लावासीलाई आग्रह गर्नु भएको छ । कोरोनाको संक्रमणको रोकथामको लागि राति आकाशबाट नेपालमा खसेको उल्काबाट सबैको आगनमा कोईला भेटिएको हल्ला अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ।

बुधवार मध्यराती अधिकासंलाई फोनमा गर्दै ‘घरको मूल ढोका अगाडिको आँगन उज्यालो नहुँदै आजै खन्नुहोस्। त्यहाँ कालो अँगार जस्तो वस्तु भेटिने छ। त्यसको घरपरिवार सबैका निधारमा तिलक लगाउनुहोस् कोरोना भेद हुन्छ अर्थात लाग्दैन्।’ भन्ने भ्रम फैलाईएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया