• २७ भदौ २०८३, शनिबार
  • १०ः२५ बिहान

प्युठानको ११ जनालाई क्वारेन्टाइनमा

प्रकाशित मिति

२०७६ चैत्र १३ गते, बिहीबार ०५:४५

बुटवल । जिल्ला प्रहरी कार्यालय प्युठानले सार्वजानिक गरेको कोरोना भाइरस सम्वन्धी जनचेतना मुलुक सूचना अनुसार त्यस जिल्लामा बाहिरबाट आउने ११ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।२ सय २६ जनाको स्वास्थ्य परीक्षण गर्दा अहिले सम्म एक जनामा पनि कोरोना भाइरसको लक्षण भने देखा परेको छैन ।

National Life

नेपाल बहिरबाट प्युठानमा अहिले सम्म २२ जना मात्रै आएको प्रहरीले जनाएको छ । यस्तै नेपालका विभिन्न शहरबाट २ सय चार जना प्युठान भित्रिएका छन् । प्रहरीले वडास्तर सम्म पुगेर माईकिङ गरेर जनचेतनामुल सुचना सम्प्रेषण गरिरहेको छ ।

यसैबीच प्युठान प्रहरीले निषेधाज्ञा अवज्ञा गर्ने ६ जना मानिसहरुलाई नियन्त्रणमा लिएको छ । एउटा ट्याक्टर र ७ वटा मोटरसाईकललाई पनि नियन्त्रणमा लिइएको प्रहरीले बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया