• ७ असोज २०८३, बुधबार
  • ९ः४२ बिहान

सुनको मूल्यमा वृद्धि

प्रकाशित मिति

२०७६ चैत्र १० गते, सोमबार ११:५३

काठमाडौं, आज सुनको मूल्यमा वृद्धि भएको छ । सोमवार छापावाल सुन प्रतितोला ७७ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

National Life

आइतवारको तुलनामा सोमवार छापावाल सुनमा ५ सय रुपैयाँको वृद्धि भएको छ । आइतवार छापावाल सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।

सोमवार तेजावी सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ । सोमवार चाँदीको मूल्य भने स्थिर बसेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ८ सय २० रुपैयाँमा कारोवार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया