• २० भदौ २०८३, शनिबार
  • १ः४२ राती

इटालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या चीनमा भन्दा धेरै

प्रकाशित मिति

२०७६ चैत्र ७ गते, शुक्रबार ०७:१५

एजेन्सी । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको हालको इपिसेन्टर इटालीमा ज्यान गुमाउनेका संख्या विश्वमै सबैभन्दा धेरै भएको छ । इटालीमा कोरोना भाइरसका कारण अहिलेसम्म ३४ सय पाँचजनाको ज्यान गएको छ ।

National Life

बिहीबार एकै दिन थप ४२७ जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण इटालीमा मृत्यु हुनेको संख्या चीनमा भन्दा बढी भएको हो ।
गएको डिसेम्बरमा चीनको हुबेई प्रान्तको हुवानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणका कारण चीनमा ३२ सय ४५ जनाको मृत्यु भएको छ ।

तर यो तथ्यांकमा सबैले विश्वास भने गरेका छैनन्, धेरैले चीनमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या सार्वजनिक गरिए भन्दा अधिक हुन सक्ने आशंका गरेका छन् । र पनि आधिकारिक तथ्यांक अनुसार अब इटाली चीन भन्दा अघि लागेको छ कोरोनाका कारण भएको मृत्युमा ।
इटालीमा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि धेरै प्रयास गरिएका छन् । मार्च १२ देखि इटालीका सबै क्षेत्र लकडाउन छन् ।

Classic Tech Desktop

लकडाउनको अवधि मार्च २५ बाट बढाएर मार्चको अन्तिमसम्म र्पुयाइएको छ । यस्तै सबै इटालियनलाई घरमै बस्न भनिएको छ । तर पनि नयाँ संक्रमण तथा मृत्युको दर भने लगातार बढी रहेको छ ।

विश्वभर अहिले दुई लाख २० हजार मानिसमा कोरोनाको संक्रमण भएको छ । यस्तै झण्डै ९ हजार मानिसको ज्यान गएको छ ।

चीनमा बुधबार नयाँ संक्रमण देखिएको थिएन । तर पनि कुल संक्रमितको संख्यामा भने चीन इटाली भन्दा अघि छ । चीनमा कुल संक्रमितको संख्या ८१ हजार भन्दा बढी रहेको छ । यस्तै इटालीमा ४१ हजार ३५ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया