“सेना र सञ्चारकर्मिको सम्बन्ध सुमधुर हुनु पर्छ”: उपरथी कार्की
प्रकाशित मिति
२०७६ चैत्र ३ गते, सोमबार ०९:२९
धनगढी । नेपाली सेना र सञ्चारकर्मिहरु विचको सम्बन्ध सुमधुर हुनुपर्ने सुदुरपश्चिम पृतना हेड क्वाटर दिपायलका पृतनापति उपरथी बाल कृष्ण कार्कीले बताएका छन् ।

नेपाली सेना जनसम्पर्क तथा सुचना निर्देशनालयको समन्वय तथा सुदुरपश्चिम हेड क्वाटरको सहकार्यमा नं.५ बाहिनी अड्डा तेघरी कैलालीमा आज देखि सुरुभएको रक्षा सम्वाददाता अभिमुखिकरण कार्यक्रमको उद्घाटन गदै उपरथी कार्कीले सो कुरा बताएका हुन् ।
उद्घाटन सत्रमा नं. ५ बाहिनी अड्डा तेघरीका बाहिनीपती सहायकरथी होमनाथ दवाडी नम्बर २५ बाहीनी अड्डा महेन्द्रनगरका बाहीनीपती सहायक रथी शंखर पण्डीत प्रमुख सेनानी, सेनानी अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।

आईतबार देखि सुरु भएको कार्यक्रममा राष्ट्रिय सुरक्षा निति, पृतना हेड क्वाटरको जिम्मेबारी, नागरिक सैनिक सम्बन्धलाई मजबुत बनाउन भएका प्रयासहरु, सडक निमार्णमा नेपाली सेनाको योगदान, नेपाली सेनाको कल्याणकारी योजना, प्रकृति संरक्षणमा नेपाली सेनाको भुमिका लगायतका विभिद विषय बस्तुमा छलफल गरिने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै पृतनापती उपरथी कार्कीले नेपाली सेना र सञ्चारकर्मिहरुको सम्बन्ध सुमधुर भए राष्ट्रिय बिकासमा समेत सहयोग पुग्ने बताए । उनले भने समाज परिवर्तन र बिकासमा सञ्चारकर्मिको महत्वपूर्ण भुमिका रहेको बताउदै पृतनाले जहिले पनि सञ्चारकर्मिहरु संग समन्वय सहकार्य गरेर अघाडी बढ्ने समेत बताए ।
पाचँ दिन सम्म सञ्चालन हुने उत्त कार्यक्रममा सुदुरपश्चिम प्रदेका ९ वटै जिल्लाका विभिन्न संचार माध्ययमा आबद्ध अठार जना सञ्चारकर्मिहरुको सहभागिता रहेको छ ।



प्रतिकृया