• २२ भदौ २०८३, सोमबार
  • २ः१३ दिउँसो

लाईसेन्सको ट्रायल दिने नक्कली परिक्षार्थी पक्राउ

प्रकाशित मिति

२०७६ फाल्गुन ३० गते, शुक्रबार १०:४५

काठमाडौं, नेपाल ड्राईभिङ सेन्टर, गंगाहिटीमा संचालन भएको मोटरसाईकलको प्रयोगात्मक परीक्षामा नक्कली प्रशिक्षार्थीले परीक्षा दिएको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खट्टिएको ट्राफिक प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको छ ।

National Life

पक्राउ पर्नेमा जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं.१० घर भई धापासी बस्ने जनक न्यौपाने र जिल्ला दार्चुला मालिकार्जुन गाउँपालिका वडा नं.३ वस्ने बर्ष १९ को सुभाष सिह धामी परेका हुन् ।

न्यौपानेलाई शंका लागि परीक्षा दिनको लागी आवश्यहक पर्ने कागजात चेकजाच गर्दा निजले जिल्ला बाजुरा बडीमालिका नगरपालिका वडा नं.१० बस्ने १९ को कुन्का थाप्के थापा ट्रायल दिन आएको जानकारी महानगरीय ट्राफिक प्रहरी महासाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिनुभयो ।

Classic Tech Desktop

न्यौपानेले थापाको नाममा बाजुराबाट जारी भएको नागरिकतामा नेपाल सरकारको लोगो भएको कागजमा आफ्नो फोटो टासी परीक्षा दिन आएको खुल्न आएको ढकालले बताउनुभयो । प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा निज जनक न्यौपानेलाई सँगै डेरा गरी बस्ने सुभाष सिह धामीले सम्पर्कमा ल्याएको परिक्षार्थी कुन्का थाप्के थापाको नाममा मेरो फोटो टाँस गरी ट्रायल दिन आएको हुँ भनी वयान दिएको छन् ।

प्रकाउ परेका ती व्यक्तिहरूलाई मुलुकी अपराध सहिता ऐन २०७४ को लिखत सम्बन्धी कसुर अपराध गरेको हुनाले थप अनुसन्धान तथा आवश्य्क कारवाहीको महानगरीय प्रहरी वृत्त, गौशाला पठ्ठाईएको छ ।

प्रतिकृया