साउदीमा घरेलु महिला कामदार नपठाउन एनआरएनएको सुझाव
प्रकाशित मिति
२०७६ फाल्गुन २४ गते, शनिबार ०३:३४
एजेन्सी, गैरआवासीय नेपाली संघ (एनआरएनए), साउदी अरेबियाले नेपाली महिलालाई घरेलु कामदारका रूपमा साउदी अरबमा नपठाउने निर्णयलाई नै निरन्तरता दिन सुझाव दिएको छ । खाडीका विभिन्न चार मुलुकका घरेलु कामदारको अवस्था बुझ्न स्थलगत भ्रमणमा रहेको संसदीय टोलीलाई एनआरएनए साउदी अरेबियाले यस्तो सुझाव दिएको हो ।
साउदी अरेबियाले घरेलु कामदारका रूपमा आउने महिलाको सुरक्षामा पर्याप्त सतर्कता नअपनाएकाले यसअघिको निर्णयलाई नै निरन्तरता दिनुपर्ने सुझाव एनआरएनएले दिएको जानकारी टोलीका एक सहभागीले दिए । त्यस्तै, घरेलु कामदार श्रम कानूनअन्तर्गत नरहेकाले मानव अधिकार र सुविधाको सुनिश्चिततामा पनि एनआरएनएले जोड दिएको छ ।
घरेलु कामदारको अवस्थाबारे अध्ययन गर्न संसद्को उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितका सभापति विमल प्रसाद श्रीवास्तव नेतृत्वको टोली यतिबेला साउदी अरबमा छ । राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त सुदीप पाठकलगायत सम्मिलित टोली यसपछि ओमान जाने सेड्युल छ ।








प्रतिकृया