• १० असोज २०८३, शनिबार
  • १२ः०० राती

नयाँ वर्षदेखि पूर्वराजा वीरेन्द्रको घर अवलोकन गर्न पाइने

प्रकाशित मिति

२०७६ फाल्गुन २४ गते, शनिबार ०३:२८

काठमाडौं, पूर्वराजा वीरेन्द्र शाहको निजी निवास घर वैशाख १ गतेबाट खुल्ला हुने भएको छ । योसँगै राजा वीरेन्द्रको निजी निवास सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् ।

National Life

चैत १ देखि गणतन्त्र स्मारक सञ्चालन गर्ने निर्णय गरेको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले पूर्वराजा वीरेन्द्र बस्ने गरेको निजी निवास पनि सर्वसाधारणका लागि खुला गर्न लागेको हो ।

२०७७ सालको पहिलो महिनाको वैशाख १ गतेबाट वीरेन्द्रको निजी निवास सर्वसाधारणले अवलोकन गर्नसक्ने गरी प्रबन्ध मिलाइएको विकास समितिले जनाएको छ । यसअघि नारायणहिटी दरबार संग्रहालय सर्वसाधारणका लागि खुला भए पनि राजा वीरेन्द्रको निजी निवास प्रवेश गर्न दिइएको थिएन । यसैगरी चैत १ गतेदेखि नारायणहिटीसँगै निर्माण गरिएको गणतन्त्र स्मारक पनि सर्वसाधारणका लागि खुला हुने भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

केही महिनाअघि मात्रै उद्घाटन भएको स्मारक चैत १ देखि खुला गर्न लागिएको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले जनाएको छ ।

समितिका अनुसार स्मारक बिहान ८ देखि अपराह्न ४ बजेसम्म खुला रहनेछ । शुरुको १ महिना निःशुल्क प्रवेशको व्यवस्था समितिले मिलाइएको छ ।

विकास समितिले दिएको जानकारी आनुसार ९ वर्ष मुनिका विद्यार्थी र ७० वर्षका ज्येष्ठ नागरिकाका लागि निःशुल्क प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।

त्यस्तै विद्यार्थी, स्वदेशी, सार्कका विदेशी र त्यसबाहेकका देशका नागरिकलाई ४ वर्षमा विभाजन गरी विकास समितिले शुल्क निर्धारण गरेको हो । शुल्क ५० रुपैयाँदेखि १ हजारसम्म तोकिएको छ ।

प्रतिकृया