• २७ भदौ २०८३, शनिबार
  • ४ः५७ बेलुका

काठमाडौँमा विद्यार्थीमाथि अमानविय यातना : कम नम्बर ल्याएको भन्दै ३४ विद्यार्थीको ब्लेडले हात चिरियो

प्रकाशित मिति

२०७६ फाल्गुन २४ गते, शनिबार ०९:२७

काठमाडौं । परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिकाले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी छिन्। हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना कक्षा ७ का छन्।

National Life

१२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन्। राम्रो नम्बर नल्याउनेको हात चिरिदिने भन्दै उनले परीक्षाकै वेला धम्की दिएकी थिइन्। धम्कीअनुसार नै उनले राम्रो नम्बर ल्याउन नसकेका विद्यार्थीलाई बिहीबार बेन्चमा उभ्याएर सिसाकलम तिखार्ने ब्लेडले हात चिर्न लगाएको पीडित विद्यार्थीले बताए ।

निर्देशन नमाने आफैँ चिरिदिने धम्की दिएपछि आ–आफ्नो हात काटेको विद्यार्थीले बताएका खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्। पीडित विद्यार्थीका अनुसार परीक्षाको फुलमाक्स २० निर्धारण गरिएको थियो । पासमाक्स भने ८ तोकिएको थियो । शिक्षिकाले १५ भन्दा कम ल्याउने सबैको हात काट्न लगाएकी हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

मैले गल्ति गरेँ, माफी चाहन्छु : शिक्षिका
विद्यार्थीलाई अलिअलि डर त देखाउनै र्पयो । मैले कम नम्बर ल्याए काट्न लगाउँछु भनेकै हो । तर, काटिहाल्ने भनेको थिइनँ, विद्यार्थी एक स्टेप अघि बढेर धमाधम काटेछन् । जे भयो, मबाट ठूलो गल्ती भयो । मैले भन्नै नहुने थियो । एकपटकलाई माफी चाहन्छु।

प्रतिकृया