डडेल्धुरामा चोरीको मोटरसाइकलसहित कञ्चनपुरका दुई युवक पक्राउ
प्रकाशित मिति
२०७६ फाल्गुन २४ गते, शनिबार ०९:४१
धनगढी । डडेल्धुरामा चोरीको मोटरसाइकलसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाटाका २० वर्षीय वीरेन्द्र भट्टराई र १९ वर्षीय मोहन बिष्ट रहेका छन्।
फागुन २० गते कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का बिफलाल चौधरीको घरबाट मोटरसाइकल हराएको भन्ने खबरको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाउँबाट बिहीबार पक्राउ गरिएको हो।
उनीहरुको साथबाट से५प ७०७९ नम्बरको टिभिएस कम्पनीको १६० सिसिको रातो अपाची मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा पठाइएको उनले बताए।
Related
Recent News
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया