• २७ भदौ २०८३, शनिबार
  • ८ः४३ बिहान

इटाली कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या १९७, ४६ सय भन्दा बढी संक्रमीत

प्रकाशित मिति

२०७६ फाल्गुन २४ गते, शनिबार ०८:०३

महामारीको रुपमा फैलिँदै गएका कोरोना भाइरसको संक्रमण इटालीमा थप चुनौतिपूर्ण बनेको छ । इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १९७ पुगेको छ ।

National Life

शुक्रबार एकै दिन ४९ जनाको मृत्यु भएपछि इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या झण्डै २०० पुगेको हो। इटालीमा अहिलेसम्म ४६ सय भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । गएको डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोनाका कारण चीन बाहिर सबैभन्दा धेरैको मृत्यु हुने देश इटाली हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर अहिलेसम्म झण्डै एक लाखजनामा कोरोनाको संक्रमण भएको जनाएको छ । अहिलेसम्म विश्वभर गरेर ३२ सयजना भन्दा बढीको ज्यान गएको छ । ज्यान गुमाउने अधिकांश चीनका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया