• ७ असोज २०८३, बुधबार
  • ११ः५२ बिहान

अमेरिकामा शक्तिशाली आँधी : २४ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

प्रकाशित मिति

२०७६ फाल्गुन २१ गते, बुधबार १०:५७

एजेन्सी । अमेरिकाको टेनेसीमा आएका भयंकर आँधीका कारण २४ जनाको मृत्यु भएको छ भने सयौं भवनहरू भत्किएका छन् ।

National Life

आरम्भिक आकलनमा ईएफ–३ नामक आँधीले ईस्ट न्याशभिलमा क्षति र्पुयाएको देखाएको नेसनल वेदर सर्भिसले जनाएको छ । पीडितहरूमध्ये एक जोडीको ककटेल बारको भवन भत्किएपछि मृत्यु भएको थियो । शक्तिशाली आँधीले उक्त क्षेत्रमा उत्पात मच्चाएको धेरै घन्टापछि स्थानीय अधिकारीहरूले बाँचेकाहरूको खोजी गरिरहेका छन् । स्वयंसेवीहरूले भत्केका अनेकौं घर, रेस्टुराँ र चर्चहरूको सरसफाइ गरिरहेका छन् ।

‘हामीहरूले एकएक गरी खोजबिन गरेर कोही पनि नछुटून् भनी सुनिश्चित गर्नुपर्छ,’ मेयर जोन कूपरले भने । आँधीका कारण ४८ वटा भवन भत्किएको र १५० जनालाई अस्पताल लगिएको पनि उनले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया