सचिवालय बैठक बालुवाटारमा बस्दै, टुंगिएला बामदेव विवाद ?
प्रकाशित मिति
२०७६ फाल्गुन १८ गते, आईतवार ११:०२
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । बैठकमा नेकपाभित्र उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने विषयमा भएको विवादबारे छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

विवाद टुंग्याउन विभिन्न तहमा पटक–पटक वार्ता भए पनि अझै समझदारी बन्न सकेको छैन । सचिवालयका अधिकांश सदस्यहरू पार्टीको सर्वसम्मत निर्णय लागू हुनुपर्ने पक्षमा देखिएका छन् भने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली यसलाई कार्यान्वयन गर्न तयार नरहेका देखिएका छन ।
ओलीले आफूविरुद्ध खेल भएको भन्दै सचिवालयको निर्णय मान्न बाध्य नहुने र अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने संकेत दिएका छन् भने पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालयको निर्णय कायान्वय नभएर यसले दुर्घटना निम्त्याउने चेतावनी दिएका छन् । प्रचण्डलाई पार्टीका पूर्व अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाललगायतका नेताहरूको साथ रहेको छ ।

गत फागुन १० गते बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजान संविधान संशोधन कार्यदल गठनसम्मका विषयमा नेकपा प्रवेश गरेको थियो ।



प्रतिकृया