• २३ भदौ २०८३, मंगलबार
  • ७ः०८ बेलुका

पुवार थापा क्षेत्री कल्याण समितिको १९ औ साधारण सभा सम्पन्न

प्रकाशित मिति

२०७६ फाल्गुन १७ गते, शनिबार ०५:४७

भक्तपुर, पुवार थापा क्षेत्री कल्याण समितिको १९औं साधारण सभा सम्पन्न भएको छ । चाँगुनारायाण नगरपालिका वडा नं ३, झौखेलमा बीर भक्ति थापा प्रतिष्ठानका अध्यक्ष शसस्त्र प्रहरी बलका पूर्व प्रहरी अतिरीक्त महानिरीक्षक रोहीत बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

National Life

सधारण सभाको सभापतित्व पुवार थापा क्षेत्री कल्याण समितिका केन्द्रिय उपाध्यक्ष बद्रि बहादुर थापाले गर्नु भएको थियो । विशेष अतिथीका रुपमा समितिका पूर्व अध्यक्ष एवं संरक्षक राम बहादुर थापा हुनुहुन्थ्यो । बीर भक्ति थापा तथा पूवार थापा क्षेत्री कल्याण समितिका संस्थापक अध्यक्ष रामचन्द्र थापाको तस्वीरमा माल्र्यापणका साथै पानसमा दिप प्रज्वलन गरी सभाको उद्धघाटन गरीएको थियो ।

पुवार थापा क्षेत्री कल्याण समितिका केन्द्रीय सहकोषाध्यक्ष जयराम थापाले विभिन्न जिल्लाबाट पाल्नु भएका सहभागीहरुलाई स्वागत गर्नुभएको थियो । सधारण सभामा समितिका सचिव उत्तम थापाले २०७५/२०७६ को बार्षिक प्रगति प्रतिवेदन र आगामी वर्षको प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष बाबुराम थापाले २०७५/२०७६ को आर्थिक प्रतिवेदन र आगामी वर्षको प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा पुवार थापा क्षेत्री कल्याण समितिका पूर्व उपाध्यक्ष बलराम थापा, पूर्व अध्यक्ष रामबहादुर थापा, बरिष्ठ उपाध्यक्ष बद्रि बहादुर थापा लगायतले बीर भक्ति थापाको बीरताको कदर गर्दै बीर भक्ति थापालाई सरकारले राष्ट्रिय विभुती घोषणा गर्नुपर्ने बताउनुभएको थियोे । उहाँहरुले पुवार थापा क्षेत्री कल्याण समितिको नयाँ भवन बनाउने कार्यमा सबै दाजुभाई तथा दिदिबहिनीहरुलाई सहयोगको लागि पनि अनुरोध गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी तथा विशेष अतिथीले झौखेलका ज्येष्ठ नागरीक ८७ वर्षिय श्री सिताराम थापालाई समितिको तर्फबाट दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

भक्तपुरको झौखेल स्थित स्वास्थ्य केन्द्रको सभा कक्षमा संचालित साधारण सभाले पुवार थापा क्षेत्री कल्याण समिति भक्तपुर जिल्ला कार्यसमितिको गठन गरेको छ । मनोाजकुमार थापाको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा राजकुमार थापा, सचिवमा दिनेश थापा, सदस्यहरुमा चम्पा थापा र कान्छि थापा चयन हुनुभएको छ भने बाँकी पदाधिकारी तथा सदस्यहरु आगामी बैठकले मनोनित गर्ने कुरा पूर्वबरिष्ठ उपाध्यक्ष बलराम थापाले जानकारी दिनुभयो । भक्तपुर जिल्ला कार्य समितिका सल्लाहकारहरुमा बलराम थापा, नानीराम थापा, हरीबहादुर थापा र जयराम थापा रहनुभएकोछ ।

पुवार थापा क्षेत्री कल्याण समितिको स्थापना विंस २०५५ सालमा तत्कालिन झौखेल गा.वि.समा स्व. रामचन्द्र थापाको संयोजकत्वमा भएको थियो । साधारण सभामा विभिन्न २७ जिल्लाका १५० जना भन्दा बढि पुवार थापा क्षेत्रीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया