• ३१ भदौ २०८३, बुधबार
  • ८ः२९ राती

नेकपाको तीन महिने अभियानको तयारी सुरु, सम्बोधनका लागि अध्यक्ष दाहाल बाँकेमा

प्रकाशित मिति

२०७६ फाल्गुन ४ गते, आईतवार ०२:३६

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चैतबाट हुने तीन महिने अभियानको तयारी सुरु भएको छ । नेकपाले अभियानको तयारी स्वरुप प्रदेश स्तरीय कार्यकर्ता भेला आजबाट शुरु हुने भएको छ । कार्यकर्ता भेलाको सुरुवात प्रदेश ५ बाट शुरु भएको हो ।

National Life

भेला कार्यक्रमको सम्बोधन गर्नका लागि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य रामबहादुर थापा बाँके पुग्नु भएको छ । भेलामा महासचिव विष्णु पौडेल पनि सहभागि हुने बुझिइएको छ ।

भेलाको सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली जाने भनिएपनि उहाँ आज झापा पुग्नु भएको छ । माघ १५ देखि १९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले चैतदेखि तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया