• २२ भदौ २०८३, सोमबार
  • ९ः५५ राती

आजको मौसम

प्रकाशित मिति

२०७६ फाल्गुन ३ गते, शनिबार १०:१३

काठमाडौँ, काठमाडौँको आज बिहानको तापक्रम हिजो शुक्रबारको भन्दा ४ डिग्री सेल्सियसले बढेको छ । शुक्रबार न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको काठमाडौँमा आज बिहानको तापक्रम १० डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाडौँको आज दिउँसोको तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने छ ।

National Life

आज शनिबार काठमाडौँसहित पहाडी क्षेत्रको मौसम बदली हुने सम्भावना रहेको तर पानी भने कतै पनि नपर्ने साथै अरु ठाउँको मौसम भने सफा रहने विभागले जनाएको छ । पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नभएकाले आज, भोलि र पर्सि कतै पनि पानी नपर्ने बताइएको छ ।

प्रतिकृया