• १६ असोज २०८३, शुक्रबार
  • ८ः११ राती

एपीएफद्दारा लागूऔषधसहित एक जना पक्राउ

प्रकाशित मिति

२०७६ माघ २६ गते, आईतवार ०८:५९

झापा । झापाको मेचीनगर नगरपालिका ६ स्थित भन्सार ढाटबाट शनिबार एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको दमक नगरपालिका २ बस्ने २१ बर्षिय मुस्कान फुयाल छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

National Life

एपीएफ टोलीले फुयाललाई शंका लागि जाँच गर्दा उनको साथमा फेनारागन ६० वटा, डाईजापाम ६० वटा र लुपिजेसिक ६० वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका फुयाललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको जनाइएको छ ।

प्रतिकृया