• २५ भदौ २०८३, बिहीबार
  • ३ः३५ दिउँसो

ललिता निवास प्रकरणः अख्तियार घेर्न पुगेका साझा पार्टीका नेताहरु पक्राउ

प्रकाशित मिति

२०७६ माघ २४ गते, शुक्रबार १२:३०

काठमाडौँ, ललिता निवास जग्गा प्रकरणमा पहुँचवालम र ठुला नेताहरुलाई उन्मुक्ति दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडी विरोध प्रदर्शन भएको छ । शुक्रबार साझा पार्टीले ‘एक देश, दुई कानुन’ को विरोधमा पूर्वघोषित कार्यक्रमअनुसार विरोध प्रदर्शन गरेको हो । सिठी जुलुससहित भएको विरोध प्रदर्शनलाई रोक्न प्रहरीले हस्तक्षेप गरेको थियो ।

National Life

टंगालस्थित आयोगको मूल गेटअगाडि पुगेका प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप गर्दै रोकेको हो । यस क्रममा साझा पार्टीकी बागमती प्रदेश संयोजक समीक्षा बास्कोटासहित एक दर्जन नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको पार्टीले जनाएको छ ।

आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा १७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि सो प्रकरणमा मुछिएका सत्तारुढ दलका नेताहरुलाई उन्मुक्ति दिइएको र उस्तै आरोप लागेका अन्यलाई मात्र विपक्षी बनाएर मुद्दा दायर गरिएको साझा पार्टीको आरोप छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया