नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
प्रकाशित मिति
२०७६ माघ २२ गते, बुधबार ०२:४८
काठमाडौं । नेपाली कांग्रेसले बिहीबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको छ । पार्टीले नेताहरुको कार्यव्यवस्तता देखाउँदै बिहीबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक माघ २७ गतेका लागि सारेको हो ।
यसअघि माघ १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि विधान र नियमावलीमाथि थप छलफल गर्न माघ २३ गते बैठक बोलाउने निर्णय गरेको थियो ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेताहरुको व्यवस्तताका कारण बिहीबारको बैठक सारिएको बताए । “नेताहरु व्यस्त हुनुहुन्छ । उहाँहरुको व्यस्तताका कारण बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरिएको हो,” उनले भने, “माघ २७ गते बैठक बोलाएका छौं ।”
बिहीबारका लागि बोलाइएको बैठकमा महाधिवेशन प्रयोजनार्थ निलम्बन गरिएका विधानका धाराका बारेमा पनि छलफल गरिने कांग्रेसले जनाएको थियो ।






प्रतिकृया