• १६ असोज २०८३, शुक्रबार
  • ५ः३१ बेलुका

नेकपाका गाउँपालिका अध्यक्षलाई अपहरहण गरि कुटपिट (प्रेस विज्ञप्ती सहित)

प्रकाशित मिति

२०७६ माघ १८ गते, शनिबार ११:५३

कमिटी सदस्य भाग्न सफल भइन् ।

National Life

धनगढी । डडेल्धुराको नेपाल कम्युनिष्ट पार्टी नेकपाका आलिताल गाउँपालिका कमिटीका अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ।

शुक्रबार १२ बजेपछिको समयमा उनलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेकोे प्रहरीले जनाएको छ। जोशीसँगै मोटरसाइकमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भागेर अपहरण र कुटपिटबाट बाँचेकी छन्।

Classic Tech Mobile
Classic Tech Desktop

आलिताल तालभन्दा करिब पाँच सय मिटर माथि चौर वण्डले भन्ने स्थानमा मुकुण्डो धारी समूहले जोशीमाथि अपहरण र कुटपिट गरी गम्भीर घाइते बनाएको आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असइ) कमल प्रसाद जोशीले जानकारी दिए। कुटपिटबाट जोशीको खुट्टा भाँचिएको छ भने टाउको र हातमा गम्भीर चोट लागेको छ।

उनलाई उपचारका लागी एम्बुलेन्समार्फत धनगढी ल्याइएको छ। घटनापछि प्रहरीले मुकुण्डो धारी समूहको खोजी तीव्र पारेको छ।यता नेकपा डडेल्धुराले गाउँपालिका कमिटि अध्यक्ष जोशीमाथि भएको कुटपिटको घटनाप्रती ध्यानाकर्षण भएको  जनाएको छ।

प्रेस विज्ञप्ती जारी गर्दै नेकपाले अहरण र कुटपिट गरी घाईते बनाएको घटनाप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। नेकपा डडेल्धुराका सचिव बिरेन्द्र कुमार बस्नेतद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा  ‘पार्टीले निर्धारण गरेको कार्यक्रममा जानेक्रममा भएको यस्तो कायरतापूर्ण घटनाको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टि (नेकपा) घोर भत्र्सना गर्दछ।’नेकपाले अपहरण र कुटपिटमा संलग्नको खोजी गरी कारवाहीको माग गरेको छ।

प्रतिकृया