• ३१ भदौ २०८३, बुधबार
  • ११ः१४ राती

नेपाली माटोमा सुन फलाउन सक्ने जनशक्ति उत्पादनमा लाग्नुस् : मन्त्री अर्याल

प्रकाशित मिति

२०७६ माघ १७ गते, शुक्रबार ०३:०२

काठमाडौं, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माडकुमारी अर्यालले नेपाली माटोमा सुन फलाउन सक्ने जनशक्ति उत्पादनतर्फ लाग्नुपर्ने बताउनुभएको छ । शहिद स्मारक जनस्वास्थ्य कलेज सिफलको ११ औं वार्षिकोत्सवको अवसरमा आज शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

National Life

अबको शिक्षा रोजगारमूलक शिक्षा भएको भन्दै मन्त्री अर्यालले रोजगारमूलक शिक्षा आजको आवश्यकता भएको बताउनुभयो । अब प्रत्येक विद्यालयमा प्राविधिक शिक्षाको व्यवस्था हुनुपर्ने भन्दै उहाँले पढेको कुरा व्यवहारमा लागु गर्न सकिने शिक्षा हुनुपर्ने बताउनुभयो ।

दक्ष जनशक्ति बाहिर पलायन गराउने कार्यको अन्त्य गरेर स्वदेशमै सम्भावनाहरुको खोजी गरिनुपर्ने उहाँको भनाई थियो । ‘अब हामीले हाम्रो ज्ञान बिक्री गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने हो । दक्ष जनशक्ति विदेश पठाएर समृद्ध नेपाल सुदी नेपाली भनेर अर्थ छैन । ’ मन्त्री अर्यालले भन्नुभयो, ‘विदेश जाने जनशक्तिको उपयोग गर्नुपर्छ । अब हामीले युरोप, अमेरिका, अष्ट्रेलिया पलायन हुने जनशक्ति होइन नेपाली बाटोमा सुन फलाउने जनशक्ति उत्पादन गर्न सकौं ।’

Classic Tech Mobile
Classic Tech Desktop

सरकारले हरेक विद्यालयमा प्राविधिक शिक्षा चलाउनुपर्ने नीति ल्याएको भन्दै उहाँले प्राविधिक शिक्षा पढेर मुलुकलाई समृद्ध बनाउने अभियानतर्फ लाग्नुपर्ने धारणा राख्नुभयो । प्राविधिक शिक्षा बोलीखाने भन्दा पनि गरिखाने शिक्षाको रुपमा परिचित भएको भन्दै मन्त्री अर्यालले पछिल्लो समय गरिएका विभिन्न अध्ययनले पनि प्राविधिक शिक्षाप्रति युवा पुस्ताको आकर्षण बढ्दै गएको देखाएको बताउनुभयो ।

नेपालमा काम गर्ने उमेर समुहका ६१ प्रतिशत जनसंख्या रोजगारीको क्षेत्रभन्दा बाहिर रहेको तथ्यांक रहेको भन्दै मन्त्री अर्यालले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम प्राप्त व्यक्तिहरूले साधारण शिक्षा प्राप्त व्यक्तिको तुलनामा उच्च तलब, रोजगार एवं स्वरोजगार भई आयस्तरमा बृद्धि एवं सहज जीवनयापन गर्न सहयोग पुग्ने बताउनुभयो ।

कलेजले प्राविधिक जनशक्ति उत्पादनमा महत्वपुर्ण योगदान दिएको भन्दै मन्त्री अर्यालले अझ धेरै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा ध्यान दिन जोड दिनुभयो ।

प्रतिकृया