• १७ असोज २०८३, शनिबार
  • ६ः५८ बेलुका

विप्लव समूहद्वारा एनसेल टावरमा आगजनी

प्रकाशित मिति

२०७६ माघ १३ गते, सोमबार १०:४८

 

National Life

नवलपरासी । जिल्लाको कावासोती नगरपालिका–१७ र बौदीकालि गाउँपालिका–२ मा रहेका एनसेल टावरमा आइतबार राति अज्ञात पक्षले आगजनी गरेको छ ।

पेट्रोलको प्रयोगले गरिएको आगजनीबाट कावासोती–१७ मा रहेको टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ भने बौदीकालि गाउँपालिकामा रहेको टावरको पावर सकेटमा क्षति पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आगजनी गर्ने पक्षको पहिचान नभएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ले बताएका छन । प्रहरीले यो घटनामा विप्लव सामूहको संलग्नता रहेको आशंका गरी अनुसन्धान अगाडी बढाएको छ ।

प्रतिकृया