• १०:५८ २०८० चैत्र १६ गते
  • 10:58 am

कामुक चरा

प्रकाशित मिति

२०७६ माघ १३ गते, सोमबार ११:१७

bhagera 0

दैनिक तीन सय पटकभन्दा बढी यौन सम्पर्क

भङ्गेरा कामुक चरा हो । महान नाटककार सेक्सपियरले भङ्गेरालाई यौन कार्यसँग जोडेका छन् ।भङ्गेरा त्यस्तो प्राणी हो जसले दैनिक तीन सय पटकभन्दा बढी यौन सम्पर्क गर्छ । मान्छेको वस्तीसँगै रहने चञ्चले सानो चरा भङ्गेरामा आखिर त्यस्तो के शक्ति छ ?

वैज्ञानिकहरुले यसबारे अनुसन्धान नगरेका होइनन् । यौनउत्तेजना बढाउन भङ्गेरा खाने चलन अझै छ । भङ्गेरा खाँदा यौन उत्तेजना बढ्ने सोच राख्नेहरु परापूर्व काल देखि नै थिए ।

जडिबुटिका ज्ञाता निकोलस कुलपिपरले भङ्गेराको गिदीले यौन उत्तेजना बढाउने उल्लेख गरेका छन् । उनको तर्कलाई आधार मान्दा भङ्गेराको टाउको खानाले यौन उत्तेजना बढाउँछ । विगत देखि नै यौन उत्तेजना बढाउन भङ्गेराको टाउको खानेहरु थिए ।

bhagera

के हो भङ्गेरा

भङ्गेरामा अद्भूत यौन शक्ति हुन्छ । पोथी भङ्गेराले प्रजननका समयमा भालेमाथि प्रभुत्व जमाउने गर्छे । सन् २००० मा जोडी एम. जओरले अक्सफोर्ड जर्नलमा प्रकाशित गरेको लेखमा पोथीले भालेमाथि प्रजजनका बखत जमाउने प्रभुत्वबारे उल्लेख छ ।

तापक्रम र मौसमले पनि भङ्गेराको यौन सम्पर्कको संख्यामा फरक पर्दछ । सबैभन्दा बढी सम्पर्क प्रजननको समयमा हुनेगर्छ । सरदर दैनिक तीन सय पटक भन्दा बढी यौन सम्पर्क भने गरेकै हुन्छ ।

भङ्गेरामा यौन स्वच्छन्दता हुन्छ । एक अर्काको जोडीसँग दैनिक सयौं पटक यौन सम्पर्क गर्छन् । पोथी भङ्गेराले एक वर्षमा दुई देखि तीनपटक सम्म अण्डा पारेर बच्चा कोरल्ने गर्छे ।

 

प्रतिकृया