• २७ भदौ २०८३, शनिबार
  • ३ः२४ राती

कांग्रेसका असन्तुष्ट नेताहरुसँग सभापति देउवाले यि विषयमा छलफल गर्दै

प्रकाशित मिति

२०७६ माघ ८ गते, बुधबार ०१:२१

काठमाडौं, काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निवास बालुवाटारमा असन्तुष्ट नेताहरुसँग छलफल गर्न बैठक बोलाउनु भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल नयाँ दिल्लीबाट फर्के लगत्तै बैठक बस्न लागिएको हो। आज बस्ने बैठकमा केही नेताहरुलाई निम्तो दिइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

National Life

पुस ११ गते बहुमतका आधारमा गरिएको निर्णयविरुद्ध पौडेललगायतका नेताहरुले असन्तुष्ट जनाउँदै आएका छन्। छलफलका लागि देउवाले नेता पौडेलसँगै उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई बोलाएको बुझिइएको छ ।

पुस ११ गते देउवाले महाधिवेशनको मिति तोक्नुका साथै पार्टीका विभागहरु बढाएर ४७ विभाग बनाउनु भएको थियो । बैठकमा पार्टीको आन्तरिक विषय र वर्तमान राजनीतिक अवस्थाबारे छलफल हुने बुझिइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया