• २७ भदौ २०८३, शनिबार
  • ११ः३३ बिहान

कलकत्तासँग जोडेर पानीजहाज ल्याउन सकिने : ऊर्जामन्त्री पुन

प्रकाशित मिति

२०७६ माघ ८ गते, बुधबार १२:१९

सरकारले हाल ठूला क्षमताका जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता दिने भएको छ ।

National Life

१० वर्षमा १५ हजार विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न ठूला आयोजनालाई जोड दिइएको हो । रामेछाप र काभ्रेको सीमानामा पर्ने जलासययुक्त सुनकोसी–२ र सुनकोसी–३ आयोजनास्थल भ्रमणका लागि आएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले मुलुकको औद्योगिकीकरण र व्यावसायिकीकरणका लागि आवश्यक विद्युत् देशभित्रै उत्पादन गर्ने र बढी भएको छिमेकी मुलुकमा बिक्री गर्ने लक्ष्यसहित सरकारले ठूला आयोजनामा ध्यान केन्द्रित गरेको बताए । ऊर्जा क्षेत्रलाई वर्तमान सरकारले मुलुक समृद्धिको महत्त्वपूर्ण आधार मानेको चर्चा गर्दै मन्त्री पुनले त्यसैअनुसार लगानी गरिने स्पष्ट गरे ।

अपर तामाकोसीदेखि सुनकोसी–१, सुनकोसी–२, सुनकोसी–३ र कोसी उच्चबाँधमा निर्माण हुने विशाल ड्याम भारतको कलकात्तासँग जोडेर पानीजहाज समेत चलाउन सकिने स्पष्ट गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

‘कोशीमा निर्माण भइरहेका र भविष्यमा निर्माण गर्न सकिने आयोजनाका कारण ठूलो ड्याम बन्छ । त्यसलाई भारतको कलत्तासँग जोडेर पानीजहाज ल्याउन सकिन्छ,’ मन्त्री पुनले भने, ‘त्यसो भयो भने हामी समुन्द्रमार्फत अन्तर्रा्ष्ट्रिय बजारमा प्रवेश गर्छौं ।’

सुनकोसी–२ र ३ को बहुआयामिक महत्त्व रहेको र ती आयोजना निर्माण हुँदा मुलुकलाई मात्र फाइदा पुग्ने नभई स्थानीयको जीवनस्तर माथि उठ्ने भएकाले सहयोग गर्न आग्रह गरे । आयोजना निर्माण गर्दा सरकारले घर तथा खेतीयोग्य जमिन गुमाउने परिवारलाई उचित मुआब्जा दिने, रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइने तथा उचित पुनर्वास गराइने प्रतिबद्धता पनि मन्त्री पुनले जनाए ।

प्रतिकृया