• २६ भदौ २०८३, शुक्रबार
  • १२ः४७ राती

अब बाग्मती प्रदेशभरि विद्युतीय बस चल्दै

प्रकाशित मिति

२०७६ माघ ७ गते, मंगलवार ०८:०६

काठमाडौँ । बाग्मती प्रदेशभरि विद्युतीय बस चलाउने योजना अगाडि सारिएको छ । काठमाडौँ, धुलिखेल, हेटौँडासहित बाग्मती प्रदेशभरि नै विद्युतीय सवारीसाधन सञ्चालन गर्न प्रदेश सरकार, काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिका तथा टोखा नगरपालिकाका नगर प्रमुखबीच सोमबार हेटौँडा सहमतिसँगै यो योजना अगाडि बढ्ने भएको हो ।

National Life

त्यसैगरी, बाग्मती प्रदेश सरकारले अगाडि बढाउने विकास योजनामा प्रदेशका सबै स्थानीय तहलाई सहभागी गराइने र स्थानीय तहले पनि सक्दो लगानी गर्ने सहमति प्रदेश सरकार र स्थानीय तहबीच भएको हो । बाग्मती प्रदेशको राजधानी हेटौँडामा प्रदेश सरकार र स्थानीय सरकारबीच भएको बैठकले सो सहमति गरेको थियो ।

बैठकमा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्य दीपक निरौला, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी विद्युतीय बस चलाउन सहमत हुनुभएको हो ।
यसैगरी प्रदेशको तीव्र विकासका लागि बाग्मती प्रदेश सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गर्न लागेको जानकारी मुख्यमन्त्री पौडेलले दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया