पशुपति क्षेत्रबाट हँटिदै मदिरा र भट्टी पसल
प्रकाशित मिति
२०७६ माघ ७ गते, मंगलवार ०८:१६
काठमाडौँ । पशुपति क्षेत्रमा खुलेका मदिरा र भट्टी पसललाई पशुपति क्षेत्र विकास कोषले हटाउन सात दिने सार्वजनिक सूचना जारी गरिसकेको छ । कोषले स्थानीय वडा कार्यालयसँग परामर्श लिने कार्य पनि सम्पन्न गरेको छ । सूचना अवलम्बन गरिएपछि प्रशासनिक निकायको सहकार्यमा यी पसल हटाइने भएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं. ७ सिफललगायतका क्षेत्रमा भने वडा कार्यालय र सामुदायिक प्रहरीको संयुक्त अग्रसरतामा यी पसल हटाइने भएको हो ।
पशुपति क्षेत्रलाई मांस मदिरामुक्त क्षेत्र बनाउने क्रममा पहिलो चरणमा भटट्ी पसल चहार्दै मगन्ते जीवन बिताइरहेकालाई कोषले हटाएर मानव धर्म सेवा समितिको संरक्षकत्वमा व्यवस्थित गरेको छ ।
आश्रमबाट फर्केर यही प्रवृत्ति दोहरिन थालेपछि कोषले मदिरा पसल र भटट्ी हटाउन लागेको हो । पशुपतिको भुवनेश्वरी आसपास, गुह्येश्वरी पुलपारि, सिफल सेताढोका प्रवेशपछिका पसललाई मांस र मदिरा मुक्त गरिनुपर्छ भनेर स्थानीय सर्वसाधारणबाट गुनासो गरिँदै आएको छ ।
कोषका अनुसार, गुह्येश्वरीमा भुटन पाइने नाम कहलिएको भट्टी हटाउने र विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रलाई पुरा हिन्दुको गन्तव्य र सम्पदाको भावनामा ल्याउनै सकिएन भन्ने व्यापक जनगुनासो रहँेकाले हटाउने निर्णय भएको हो ।






प्रतिकृया