• २४ भदौ २०८३, बुधबार
  • ४ः०० बेलुका

अर्जुन रेड्डी’ नेपाली भर्सनको लागी १६ लाख

प्रकाशित मिति

२०७६ माघ ७ गते, मंगलवार ०७:१२

नेपालमा नेपाली फिल्मकर्मीलाई विदेशी फिल्मको कथा चोरी गर्ने गरेको आरोप लाग्ने गरेको छ भने किनभने उनीहरु नेपाली भर्सनको अधिकार नै नलिइ गैर कानुनी रुपमा फिल्म निर्माण गर्छन् । नेपालमा विदेशी फिल्मको कथा हुबहु उतारेर थुप्रै फिल्म बनेका छन् तर एउटा पनि आधिकारिक रुपमा राइट्स लिएर बनेका छैनन । नेपालमा विदेशी फिल्मको कथा चोरेर थुप्रै फिल्म बनेका छन् । मौलिकभन्दा आयातित कथा बेच्न खोज्ने फिल्मकर्मीको यहाँ ठूलो भीड छ । नेपाली फिल्मप्रति दर्शकको विश्वास गुम्नुको पनि यो ठूलो कारण हो ।

National Life

बलिउडमा भने पछिल्लो समय साउथ फिल्मको राइट्स लिएर बाक्लै हिन्दी भर्सन बनिरहेका छन् । विशेषगरि साउथमा सुपरहिट भएका फिल्मको हिन्दी भर्सन बन्ने गरेका छन् । जसमध्ये अभिनेता शाहिद कपूर स्टारर फिल्म ‘कबीर सिंह’ साउथ फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक हो । यसको ओरिजिनल र रिमेक भर्सन दुवैले बक्सअफिसमा कमालको व्यापार गरको थियोे ।

बलिउडमा साउथ फिल्मको हिन्दी रिमेकको अधिकार खरिद गरेर फिल्म निर्माण हुने क्रम बढिरहँदा अब नेपालमा पनि यसको सुरुवात भएको छ । वर्षौदेखि नेपाली फिल्मले विदेशी फिल्मको कथा चोरीको आरोप खेपिरहेको अवस्थामा साउथको सुपरहिट फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली भर्सन बन्दैछन् । यसका लागि युवा फिल्मस्ले नेपाली रिमेक अधिकार किनेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

‘अर्जुन रेड्डी’ का निर्देशक सन्दिप रेड्डी हुन । यो फिल्मको हिन्दी भर्सनको निर्देशन र निर्माण पनि उनैले गरेका हुन् । यसकारण, फिल्मको हिन्दी भर्सनका लागि राइट्स लिनु परेको थिएन । तर, यो फिल्मको नेपाली भर्सनका लागि भने युवा फिल्मस्ले भारु १० लाख अर्थात् नेपाली १६ लाखमा ‘अर्जुन रेड्डी’ को नेपाली भर्सनको अधिकार किनेको हो । तर, निर्माण टिमले फिल्मको नेपाली भर्सनको राइट्स कतिमा लिइएको भन्ने खुलाएको छैन ।

प्रतिकृया