हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ भने नेप्सेमा २६ अंकको गिरावट आए
प्रकाशित मिति
२०७६ माघ ६ गते, सोमबार ०६:४७
सेयर कारोबार मापक नेप्सेको परिसूचक धितोपत्र बजारमा आज साढे २६ अंकले ओरालो लागेको छ । लगातार उकालो लाग्दै गरेको बजार अहिले भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक आज २६.५४ विन्दुले घटेर १ हजार ३१७.११ मा पुगेको छ ।
यसैगरी , सेन्सेटिभ परिसूचक ४.८६ ले घटेर २८३.५३ मा पुगेको छ । नेप्से ओरालो लागे पनि कारोबार रकम झण्डै २ अर्ब रुपैयाँ बराबरको रहेको छ । कुल १ सय ८२ कम्पनीको ५८ लाख ४६ हजार २ सय ३८ कित्ता सेयर १ अर्ब ९७ करोड ३ लाख ८७ हजार ९ सय ९३ रुपैयाँ मूल्यमा खरिद–बिक्री भएको छ । कारोबार भएका सबै उपसमूहको सेयर ओरालो लागेको नेप्सेले जनाएको छ ।
बैंकिङ १५.८८, व्यापार ५४.५९, होटल ६४.०९, विकास बैंक ५२.८७, जलविद्युत् ४२.२२, वित्त २२.३३, निर्जीवन बीमा ११६.३१, उत्पादन ७१.९१, अन्य १३.५३, लघुवित्त ५७.८८, जीवन बीमा १५४.६५ र सामूहिक लगानी कोष ०.१८ ले घटेको छ ।
सेयर कारोबार मापक नेप्से परिसूचक आज धितोपत्र बजारमा झण्डै साढे २६ अंकले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार थामिएर आज ओरालो लागेको हो । नेप्से परिसूचक नेपाल स्टक एक्सचेन्जका अनुसार आज २६.५४ विन्दुले घटेर १ हजार ३१७.११ मा पुगेको छ । यसैगरी सेन्सेटिभ परिसूचक ४.८६ ले घटेर २८३.५३ मा पुगेको छ भने नेप्से ओरालो लागे पनि कारोबार रकम झण्डै २ अर्ब रुपैयाँ बराबरको रहेको छ ।
कुल १ सय ८२ कम्पनीको ५८ लाख ४६ हजार २ सय ३८ कित्ता सेयर १ अर्ब ९७ करोड ३ लाख ८७ हजार ९ सय ९३ रुपैयाँ मूल्यमा खरिद–बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका सबै उपसमूहको सेयर ओरालो लागेको छ ।
बैंकिङ १५.८८, व्यापार ५४.५९, होटल ६४.०९, विकास बैंक ५२.८७, जलविद्युत् ४२.२२, वित्त २२.३३, निर्जीवन बीमा ११६.३१, उत्पादन ७१.९१, अन्य १३.५३, लघुवित्त ५७.८८, जीवन बीमा १५४.६५ र सामूहिक लगानी कोष ०.१८ ले घटेको छ ।
नप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको २० करोड ९२ लाख ९५ हजार ९ सय ३६ रुपैयाँ मूल्यबराबरको सेयर कारोबार भई शीर्षस्थानमा रहयो। एनसीसी बैंक १३ करोड ३२ लाख १६ हजार ८ सय १७, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रू। ९ करोड ३० लाख २ हजार ११७, प्रभु बैंक रू ६ करोड ७१ लाख ३८ हजार ३५२, एनआईसी एशिया बैंक ५ करोड ९८ लाख ४८ हजार ९ सय २, शिवम् सिमेन्ट ५ करोड ८० लाख ३० हजार ९ सय ५५ रुपैयाँ र सूर्य लाइफ इन्सुरेन्स कम्पनी ५ करोड ४४ लाख ९५ हजार रुपैयाँबराबरको कारोबार भई शीर्षस्थानमा रहे ।
मल्टी प्रपोज फाइनान्स कम्पनी ९.७७, ग्लाबेल आईएमई बैंक ९.७२, सूर्य लाइफ इन्सुरेन्स कम्पनी २.६१, प्रुडेन्सियल इन्सुरेन्स कम्पनी २.५४, सिनर्जी पावर १.९२ र मञ्जुश्री फाइनान्स कम्पनीका सेयरधनीले १.८६ प्रतिशतले कमाए । पाँचथर पावर कम्पनी १०, पोखरा फाइनान्स ९.८२, हिमालयन पावर पार्टनर ९.४१, विशाल बजार कम्पनी ९.२२, पञ्चकन्या माई हाइड्रोपावर ८.६५ र हिमालयन ऊर्जा विकास कम्पनीका सेयरधनीले ८.३३ प्रतिशतले गुमाएका छन् ।






प्रतिकृया