• २५ भदौ २०८३, बिहीबार
  • ९ः३९ राती

ट्राफिक बत्ती व्यवस्थापन

प्रकाशित मिति

२०७६ माघ ४ गते, शनिबार ०१:०९

काठमाडौं, काठमाडौंमा ट्राफिक बत्ती बल्न सुरु भएको छ । केही दिन अघिबाट बन्द भएको ट्राफिक बत्ती पुर्ण सुचारु भएको छ । कार्ययोजना अनुसार आगामी वैशाखभित्र काठमाडौं उपत्यकाका २९ स्थानमा ट्राफिक बत्ती सञ्चालन हुदैछ भने असारभित्र स्मार्ट प्रविधिमैत्री ट्राफिक लाइट सुरुवात गरिनेछ ।

National Life

ट्राफिक बत्तीका विषयमा सरकारले ट्राफिक व्यवस्थापनका लागि बृहत् कार्ययोजना बनाएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न गत १५ पुसमा बसेको मन्त्रिपरिषद् बैठकबाट योजना बनाएको हो । पुस मसान्तभित्र काठमाडौंका ९ स्थानमा ट्राफिक बत्ती सञ्चालन हने ट्राफिक महाशाखाले बताए । हाल ११ स्थानमा सडक विभाग र महानगरीय ट्राफिक महाशाखाले फिक बत्ती सञ्चालन गरेको छ । ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालले भने हाल काठमाडौंका ११ स्थानमा बत्ती सञ्चालनमा ल्याएका छौं, ५–६ स्थानमा थप गरेर चाँडै सञ्चालनमा ल्याउने छौँ,’
वैशाखभित्र काठमाडौं उपत्यकाका २९ स्थानमा ट्राफिक बत्ती सञ्चालन गर्दै असारभित्र स्मार्ट प्रविधिमैत्री ट्राफिक लाइट सुरुवात हुनेछ ।

प्रतिकृया