• २० भदौ २०८३, शनिबार
  • ९ः४० बिहान

स्तनको सर्जरी गर्दा दुबै गुम्न पुग्यो

प्रकाशित मिति

२०७६ पुष २८ गते, सोमबार ११:५९

आजभोली शरीरका अंगहरु, अनुहार आदिको प्लाष्टिक सर्जरी गरेर राम्रो देखिने प्रवृति बढ्दो छ । तर यो कहिलेकाहीँ यति घातक हुन्छ कि मान्छेले जिन्दगीभर पश्चाताप गर्नु पर्छ ।हालै बेलायतकी एक महिलाले टर्की पुगेर आफ्नो स्तनको ईम्लान्ट प्लाष्टीक सर्जरी गरी आफ्नो स्तनको साईज बढाउन खोज्दा अन्ततः उनको दुवै स्तन गुमेको छ ।

National Life

जारा रड्रिगेज नामकी २८ वर्षे ती महिलाले टर्कीको राजधानी स्तानबुलमा ५ हजार पाउन्ड तिरेर एक क्लिनिकमा सर्जरी गराएकी थिईन् । शायद चिकित्सकहरुले सही तरीकाले अप्रेसन नगरेकाले हुन सक्छ यसको परिणाम जाराले भोग्नु पर्यो । उनले ब्रासियर मेजरमेन्ट अनुसा स्तनको साईज ३४ सीबाट ३४ एफ बनाउन खोजेकी थिईन् । यो घटना यही अगष्ट २०१९ को हो । साथै उनले पेटमा रहेका धर्सा हटाउन पनि खर्च गरेकी थिईन् ।

करीब ७ घण्टा लगाएर गरिएको सर्जरी पछि उनी साउथ ईग्ल्याण्ड स्थित विल्टशायरमा आफ्नो घर पुगेकी थिईन् । त्यतिबेला देब्रे पटिको स्तनमा फ्लड लिक भयो र दाहिने स्तन तल झरेको अनुभव उनलाई भयो । त्यस पछि जाराले आफ्नो अवस्थाको तस्वीर ईन्सटाग्राममा पोष्ट गरिन् । अनि क्लिनिकले ईम्लान्ट दोहोर्याउने भन्यो । फेरी फिक्स गरे पछि पनि घर पुग्दा फेरी फ्लड लिक भयो । त्यस पछि त जाराको फोन क्लिनिकले उठाउन छाड्यो ।
त्यस पछि उनले नोभमेम्बर २२ मा बेलायतकै एक अस्पतालमा ईम्प्लान्ट हटाईन् । त्यस पछि उनको दुवै स्तनको तन्तुहरु पूर्ण रुपले नष्ट भयो र स्तन गुम्न पुग्यो ।

Classic Tech Desktop

प्रतिकृया