• १९ भदौ २०८३, शुक्रबार
  • १०ः२६ राती

कहिल्यै अधुरो नराख्नुस् यी पाँच काम

प्रकाशित मिति

२०७६ पुष २८ गते, सोमबार ०९:५८

भोलि गर्छौं भनेर कामलाई साँचेर राख्ने धेरै मानिसको बानी नै हुन्छ । तर, यी पाँच काम तपाईंले अपूरो छाडिदिनु भयो भने जीवनमा पछुताउनुपर्छ ।

यी हुन् ती पाँच काम

Kamana Sewa

१, रोग

Classic Tech Desktop

यदि तपाईंको शरीरमा कुनै पनि प्रकृतिको रोग भेटिएको छ भने त्यो रोगलाई उपचार गरेर मात्र छोड्नुहोस् । रोगलाई सानो भनेर हेलचेक्र्याइँ नगर्नुहोस्, यसो गर्दा जीवनमा ठूलो दुर्घटना हुनबाट जोगिन सकिन्छ

२, शारीरिक सम्पर्क

यदि तपाईं कोही व्यक्तिलाई माया गर्नुहुन्छ र त्यसबीचमा शारीरिक सम्पर्कको विषय उठ्छ भने त्यो व्यक्तिलाई सन्तुष्ट पारेर मात्र छोड्नुहोस् । यदि तपाईंको पार्टनर, प्रेमीप्रेमिकाबीच यो क्रियाकलामा असन्तुष्ट भए त्यसले जीवनमा ठूलो फाटो ल्याउन सक्छ ।

३, शत्रुता

यदि तपाईंले कोही व्यक्तिसँग शत्रुता राख्नुभएको छ वा कोही व्यक्ति तपाईंको जीवनमा शत्रु बनेर आयो भने त्यो शत्रुतालाई निमिट्यान्नै पारेर छाड्नुस् । आज तपाईंले जहाँ शत्रुता कायम गर्नुभयो, भोलि पनि त्यही अवस्था रहँदैन । भोलिको दिनमा या तपाईं कमजोर हुनुभएको बेला त्यो शत्रुले तपाईंमाथि आक्रमण गर्न सक्छ, अर्थात् बदला लिन सक्छ । त्यसैले शत्रुता कसैसंँग छ भने त्यसलाई परास्त्र गरेरै छाड्नुस् कि त्यो शत्रुतालाई मित्रतामा बदलेरै छाड्नुस् ।

४, ऋण

यदि कसैको ऋण लिनुभएको छ वा खानुभएको छ भने त्यसलाई पनि कहिल्यै अपूरो नछाड्नुस् । ऋण यस्तो चिज हो, जो ब्याजमा परिणत हुन्छ र त्यो ब्याज बढ्दैबढ्दै गएर भोलिको दिनमा तपाईंलाई ठूलो घाटा हुन्छ ।

५, आगो

आगो यस्तो खतरनाक चिज हो, जुन बालेपछि कहिल्यै त्यसै नछाड्नुस् । हामीलाई आगो सानो लाग्छ तर कहिलेकाहीँ सानो झिल्कोले पनि तपाईंको घर, टोल वा गाउँ नै सखाप बनाइदिन सक्छ । त्यसैले आगो बालेपछि त्यसलाई निभाएर मात्र छाड्नुहोस् ।

प्रतिकृया