• १९ भदौ २०८३, शुक्रबार
  • १२ः३३ दिउँसो

विश्व चिन्ता

प्रकाशित मिति

२०७६ पुष २७ गते, आईतवार १०:१४

buddi kumar shrestha

बुद्धिकुमार श्रेष्ठ,

जलिरहेछ जंगल अष्ट्रेलिया
र संगै जलिरहेछ
प्रकृतिका धरोहर
असंख्य बोट विरूवा र
करोडौं जीव जनावर
अनि केही मानव जीवन
पारी यो मन छिया छिया !

Kamana Sewa

लाग्छ, अष्ट्रेलियाको जंगलसंगै
विश्व प्रकृति जलिरहेछ
र विश्व वातावरणको
भविष्य जलिरहेछ
र यसको ठूलो मूल्य
वर्तमानले भन्दा भावि पुस्ताले
चुकाउनु पर्नेछ भोली !

Classic Tech Desktop

ठीक यति नै बेला
सुलेमानीको मृतात्मासंगै
इरानको मन जलिरहेछ
र अमेरिकामाथि
प्रतिशोध लिने उद्घोषसंगै
ट्रम्प महाशयको मन
जल्दो छ भटभट झन !

विश्व चिन्ता उर्लिरहेछ
जलिरहेका दुई मनको टकरावमा
अष्ट्रेलियाली प्रकृतिको डढेलो
कृत्रिम डढेलो बनी
मध्यपूर्व नसरोस्
र मानव विनासको
अर्को लिला नबनोस् !
सबै मिलि गरौं प्रार्थना !!

प्रतिकृया