मध्यपुर थिमी ६ को वडा भवन पोखरी माथि बन्ने
प्रकाशित मिति
२०७६ पुष १८ गते, शुक्रबार ०६:४९
मध्यपुर ,मध्यपुर थिमी वडा नम्बर ६ को कार्यालय भवन २०३२ सालमा बनेको थियो।यो भवन स्थानीय स्वंगा पुखु पोखरी को जग्गामा बनेको थियो। स्थानीयका अनुसार यहाँको पोखरी अलिअलि सुकेको थियो, अलि धेरै मासियो। पोखरीमा वडा कार्यालय राम्रै चलिरहेको थियो। अहिले भवन पुरानो भयो भनेर मध्यपुर थिमी नगरपालिकाले नयाँ बनाउने तयारी थालेको छ। भवन भत्काएर फराकिलो बनाउने नगरपालिकाको योजनामा स्थानीयले भने असहमति देखाएका छन्।
उनीहरूको माग छ( वडा कार्यालय अन्तै सारेर पोखरी ब्युँताउनुपर्यो।गार्चा भन्ने ठाउँमा अवस्थित यो पोखरी ब्युँताउन स्थानीय आन्दोलनमा समेत उत्रिसके। गत शनिबार स्थानीय एवम् सम्पदा अभियन्ताहरू भेला भएर शान्तिपूर्ण आन्दोलन गरेका थिए।स्थानीय श्यामकृष्ण चक्रधरका अनुसार यो मध्यपुर थिमीकै पुरानो पोखरी हो। यसको नाम स्वंगाु ले यो तीन गाउँको पोखरी भएको जनाउँछ– थिमी, नगदेश र बोडेको।
अभिलेखअनुसार पोखरी नेपाल सम्बत ३०८ तिर बनेको हो।किम्बदन्तीअनुसार एक तान्त्रिक बज्राचार्य बाजेले आफ्ना सबै विद्या राखेर पोखरी बनाएका थिए। यसको नजिकै विद्या गणेश मन्दिर छ। पोखरीमा गथांमुगः चतुर्दशी मनाइन्छ।
यहाँको पानी खेतीपाती र आगो निभाउन प्रयोग हुन्थ्यो। पछि गाउँ पञ्चायतले पोखरी मासेर वडा कार्यालय बनायो,ु चक्रधरले भने, ३४ सालदेखि हामीले ऐतिहासिक पोखरी गुमायौं। त्यो बेला मान्छेलाई ऐतिहासिक सम्पदा मास्नु हुन्न भन्ने चेत पनि थिएन। अब त हुनुपर्यो नि।क्रधरका अनुसार यो पोखरी करिब डेढ रोपनी थियो। बाटो र अरू पूर्वाधारले केही मासिए पनि भएको जग्गा लगभग सबै पोखरीकै अंश हो। त्यसैले पोखरी सार्न नमिल्ने उनी बताउँछन्।
ऐतिहासिक पोखरी सार्न मिल्दैन। नगरपालिकाको नारा हाम्रो कला हाम्रो संस्कृति–मध्यपुर थिमी हाम्रो सम्पत्तिु भन्ने छ। लामो समय चउरमा परिणत दुई पोखरी ९न्हुँ पुखु० त ब्युँताइयो, यो पनि ब्युँताउन सकिन्छ, उनले भने, विगतका गल्ती सच्याउने मौका हो यो।
मेयर मदनसुन्दर श्रेष्ठ भने यो जग्गामा वडा भवन बन्नैपर्ने बताउँछन्। पहिले पनि वडा कार्यालय यहीँ भएको र यसका निम्ति अन्त सरकारी जग्गा सहजै उपलब्ध नहुनाले यही ठाउँ तोकिएको उनको तर्क छ।भनेको बेला जग्गा पाइँदैन। कार्यालय जमानादेखि यहीँ थियो, त्यही भएर भत्काएर पनि यहीँ बनाउन लागिएको हो,ु उनले भने, भइरहेको पोखरी मास्न लागेका त होइनौं। हामीलाई वडा भवन पनि उत्तिकै आवश्यक छ नि।ुनगरपालिकाले नयाँ बन्ने भवनको नक्सा समेत तयार पारिसकेको छ। स्थानीयको आवाज सम्बोधन गर्दै नगरपालिकाले पोखरी र भवन सँगै बनाउने योजना बनाएको उनले जानकारी दिए।
नक्साअनुसार यहाँ तल पोखरी र माथि वडा कार्यालय बन्नेछ। ठूला पिल्लरको आडमा पानीमाथि तीन तले भवन निर्माण हुनेछ। पोखरीमा सर्वसाधारणले पौडी खेल्न मिल्ने मेयर श्रेष्ठले जानकारी दिए। पोखरीमाथि कार्यालय हुनु कौतुहलताको विषय पनि हुन्छ। हामीले संस्कृति र कार्यालय दुवै जोगाएर फ्युजनका रूपमा ल्याउन खोजेका छौं,ु उनले भने,तल स्विमिङ पुलु भए पनि भवन भने मौलिक शैलीमै बन्ने उनले जानकारी दिए। भवनका लागि टेन्डर प्रक्रिया भइसकेको छ भने शिलान्यास गत मंसिरमा भएको थियो।वडा भवन बन्न लागेको जग्गा अहिलेको अवस्थामा।
दुई वर्षमा भवन बनाइसक्ने योजना बनाएको नगरपालिकाले यसनिम्ति करिब तीन करोड रूपैयाँ छुट्टाएको छ।






प्रतिकृया