• २२ भदौ २०८३, सोमबार
  • ४ः४९ बेलुका

सांस्कृतिक र्‍यालीसहित भ्रमण वर्षको समर्थनमा ऐक्यवद्धता

प्रकाशित मिति

२०७६ पुष १५ गते, मंगलवार ०६:५७

काठमाडौं , काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेलमा पर्यटन व्यवसायी तथा स्थानीय घरधनीले भ्रमण वर्षका लागि तयार रहेको सन्देश प्रवाहका लागि ऐक्यवद्धता व्यक्त गरेका छन् ।सोमबार साँझ ठमेलको नर्सिङ चोकमा ठूलो मण्डला बनाएका व्यवसायील आफूहरु भ्रमण वर्षमा पर्यटकको स्वागतका लागि तयार रहेको सन्देश दिएका हुन् । ‘आज हामी ठमेलबासी र व्यवसायीले सांस्कृतिक र्‍यालीसहित भ्रमण वर्षको समर्थनमा ऐक्यवद्धता व्यक्त गरेका छौं,’ पर्यटन व्यवसायी राजेन्द्र सापकोटाले भने, ‘ठमेलमा रहेका सबै व्यवसायी र स्थानीयले यसमा साथ दिनुभएको छ ।’

National Life

उनका अनुसार यस कार्यक्रममा सबै पार्टीमा आवद्ध पर्यटनसँग सम्बन्धित व्यवसायी, ठमेल पर्यटन विकास परिषद्, स्थानीय क्लवलगायतले सामूहिक रुपमा सहभागिता जनाएका थिए ।

प्रतिकृया