• ६ असोज २०८३, मंगलबार
  • ८ः१५ राती

नेकपा सचिवालय बैठकको निर्णयः प्रदेश तीनको नाम बागमति र राजधानी हेटौँडा

प्रकाशित मिति

२०७६ पुष १३ गते, आईतवार १२:५०

काठमाडौँ, सत्तारुढ दल नेकपाले प्रदेश ३ को नाम ’वाग्मती’ राख्न प्रस्ताव गर्ने निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले नामसँगै स्थायी राजधानी अहिलेको अस्थायी राजधानी हेटौडालाई नै बनाउने निर्णय पनि गरेको छ । सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।

National Life

प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत भएकाले आजको निर्णय अनुसार नै अब प्रदेश तीनको राजधानी हेटौँडा र नाम बागमति रहने लगभग निश्चित भएको छ । समय अभावका कारण एक घण्टा मात्रै बसेर सकिएको बैठकमा सभामुख चयन तथा राष्ट्रियसभा निर्वाचनका बारे भने सामान्य छलफल मात्रै भएको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार छिट्टै अर्को बैठक हुने सल्लाह भएको छ । आइतबारको बैठक नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसँगै प्रस्तावित उपाध्यक्ष वामदेव गौतम, महासचिव पौडेल लगायत अन्य सचिवालय सदस्यहरुको उपस्थिति थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया