• १९ भदौ २०८३, शुक्रबार
  • १२ः०१ राती

जाडो मौसममा ओठ फुट्ने समस्याबाट यसरी बचौं

प्रकाशित मिति

२०७६ पुष ९ गते, बुधबार ०१:५८

भक्तपुर, उपत्यका लगायत देशभर जाडो बढेको छ । जाडोको मौसममा हात, खुट्टा, गाला, ओठ बढी फुट्ने गर्छ । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिहरूले कम तेल निकाल्छन् जसले गर्दा ओठ फुट्ने समस्या सुरु हुन्छ । हात, खुट्टा, गाला फुटेको भन्दा ओठ फुट्यो भने धेरै समस्या हुन्छ । जाडोको मौसममा ओठलाई फुट्नबाट बचाउन निम्न उपाय अपनाउन सकिन्छ ।

ओठ फुट्ने समस्याबाट बच्ने उपाय

Kamana Sewa

१) चिसो मौसममा बाहिर जाँदा कुनै तैलीय पदार्थ ओठमा दल्ने र केही छिनपछि सूतीको कपडाले हल्का पुछेर निस्किदा राम्रो हुन्छ ।

Classic Tech Mobile

२) राती सुत्दा ग्लिसिरिनमा कागती र गुलाबजल हालेर ओठ, गाला, हात र खुट्टामा दल्नाले फुट्ने प्रकृया कम हुन्छ ।

३) राती सुत्ने बेलामा घरमै पाइने घिउ, मखन, दूधको तर आदि हलुका तरिकाले ओठमा दल्नाले फाइदा पुग्छ ।

४) शरीरमा पानीको मात्रामा कमी हुँदा ओठ, गाला, हात, खुट्टा फुट्न सक्छ । त्यसैले गर्मी र जाडो दुवै मौसममा पानीको पर्याप्त प्रयोग गर्नुपर्छ ।

५) बारम्बार ओठ चाटिरहँदा ओठको छाला वरिपरि कालो हुनजान्छ । विशेष गरी यो बालबालिकालाई देखापर्ने समस्या भए पनि कहिलेकाहीँ ठूला व्यक्तिहरूमा पनि देखापर्छ ।

५) घरमै पाइने औषधी दूधको तर, तेल, तोरीको तेल वा तिलको तेल, ग्लिसिरिन आदिको प्रयोग गर्नु राम्रो हुन्छ ।

प्रतिकृया