• १९ भदौ २०८३, शुक्रबार
  • ८ः४२ राती

गुण्डू स्वास्थ्य चौकीमा एक हप्ते निःशुल्क स्वास्थ्य शिबिर

प्रकाशित मिति

२०७६ पुष ६ गते, आईतवार ०९:३३

भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डूमा एक हप्ते निःशुल्क दन्त शिबिर हुने भएको छ । पुस ७ गतेदेखि १३ गतेसम्म एक हप्ते निःशुल्क दन्त शिबिर हुन लागेको हो । सूर्यविनायक नगरपालिका वडा नं. गुण्डूको आयोजना तथा फारमिङ कम्युनिष्ट डेन्ट्रिस्ट्रको प्राविध सहयोगमा दन्त शिबिर हुन लागेको हो । सूर्यविनायक नगरपालिक वडा नं. ७ गुण्डू स्वास्थ्य चौकीमा बिहान १० बजेदेखि ४ बजेसम्म दन्त सेवा सञ्चालन हुनेछ ।

शिबिरमा दाँत सफा गर्ने, दाँत भर्ने, चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकाको दाँतमा लेप लगाउने, निःशुल्क दाँतको औषधी वितरण र दाँत सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुने सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनुभयो ।

Kamana Sewa

स्वास्थ्य शिबिरमा उपस्थित भइ दाँत सम्बन्धीको सेवा दिन वडाध्यक्ष सापकोटाले सबैलाई आग्रह गर्नुभयो । स्थानीयको सेवाका लागि वडा कार्यालयको पहलमा दन्त शिबिर राखिएको उहाँले बताउनुभयो । फारमिङ कम्युनिष्ट डेन्ट्रिस्ट्रका कार्यक्रम संयोजक गणेश कार्कीले निःशुल्क स्वास्थ्य शिबिरले धेरै भन्दा धेरै लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

Classic Tech Desktop

प्रतिकृया