• २३ भदौ २०८३, मंगलबार
  • १०ः४१ राती

तराईको शित लहर साँझसम्म जारी रहने

प्रकाशित मिति

२०७६ पुष ३ गते, बिहीबार १०:४७

काठमाडौँ, देशभर चिसो बढेसंगै आज उपत्यकाको तापक्रम ३ दशमलब ५ डिग्री सेल्सीयस पुगेको छ भने तराईको शित लहर हिजोको भन्दा आज केही घटेको भएपनि आज साँझसम्म जारी रहने र भोलिबाट चाहिँ कम हुने जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

National Life

शित लहरको बढी प्रभाव पश्चिमी तराईमा रहेको महाशाखाले जनाएको छ । पश्चिमी तराईका केही स्थानमा शित लहरको अवस्था देखिएको जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो देखिएको महाशाखाको भनाई छ । पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको र तराईका भूभागमा राम्रोसँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको समेत जनाएको छ । शुक्रबारदेखि भने पश्चिमी वायुको निकै प्रभाव पर्ने जनाइएको छ । आउँदो शनिबारसम्म नै देशको पश्चिमी र मध्य भूभाग तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया