• १८ भदौ २०८३, बिहीबार
  • १२ः३३ राती

ए डिभिजन लिगः आज दुई वटा खेल हुँदै

प्रकाशित मिति

२०७६ पुष २ गते, बुधबार ११:२९

काठमाडौँ, सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । आज थ्री स्टार क्लबले जावलाखेल युथ क्लब तथा मनाङ मर्स्याङ्दी क्लबले विभागीय टिम एपीएफसँग खेल्नेछ ।

पहिलो खेलमा थ्री स्टारले जावलाखेलसँग सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्नेछ । खेल मध्यान्न साढे १२ बजे सुरु हुनेछ । यस्तै आजै हुने दोस्रो खेलमा साविक विजेता मनाङ मस्यााङ्दी क्लब र विभागीय टोली एपीएफबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने खेल दिउँसो साढे २ बजे शुरु हुनेछ ।

Kamana Sewa

प्रतिकृया