• २ असोज २०८३, शुक्रबार
  • ११ः४४ बिहान

बागमतीको फोहोर पानी प्रशोधन केन्द्रबाट निस्कने ग्यासलाई ईन्धनमा परिणत गरिने छः खानेपानीमन्त्री मगर

प्रकाशित मिति

२०७६ मंसिर २८ गते, शनिबार ०८:२६

काठमाडौँ, खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले काठमाडौँको गुहेश्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्रबाट निस्कने ग्यासलाई ईन्धनमा परिणत गरिने बताउनुभएको छ ।

National Life

शुक्रबार प्रशोधन केन्द्रको निरीक्षण गर्ने क्रममा मन्त्री मगरले उक्त प्रशोधन केन्द्रले दैनिक ३ करोड २४ लाख लिटर फोहोर पानीको प्रशोधन गर्नेछ । प्रशोधन केन्द्रबाट निस्किने ग्याँसलाई ईन्धनमा परिणत गरिने र सोही ईनर्जीबाट उक्त आयोजनाको ३० प्रतिशत सञ्चालन गर्न सकिने पनि मन्त्री मगरको भनाइ छ । प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले उद्घाटन मिति चाँडै तय गरिने उहाँले बताउनुभएको छ ।

मन्त्री मगरले निर्माणाधीन अयोजनास्थल परिसरमा वृक्षारोपणसमेत गर्नुभएको छ । उहाँले प्रशोधन केन्द्रको काम सकिएको भएता पनि यसको सुन्दरता र पार्क निर्माण लगाएतका काम सम्पन्न गर्न बाँकी नै रहेकाले केही समय लाग्ने बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया