• ८ असोज २०८३, बिहीबार
  • ९ः४२ बिहान

रणवीर र आलियाले कश्मीरमा विवाह गर्ने

प्रकाशित मिति

२०७६ मंसिर २५ गते, बुधबार ०४:२०

एजेन्सी, बलिउड कलाकार रणवीर कपुर र आलिया भट्ट प्रेममा रहेका छन् तर दुबैले आफ्नो सम्बन्धलाई सर्वजनिक रूपमा स्वीकार गरेका छैनन्। दुवैका अभिभावक पनि उनीहरूको विवाहका लागि सहमत भइसकेका छन्। उनीहरू दुवैको छिट्टै विवाह भएको हेर्न चाहन्छन्। ऋषि कपुरले त बारम्बार अप्रत्यक्ष रूपमा उनीहरूलाई विवाह गर्न आग्रह नै गरिरहेका छन्। आलियाका पिता महेश भट्ट पनि उनीहरूको विवाहका लागि सहमत भइसकेका छन्।

National Life

आलिया र रणवीरका नजिकका साथीभाइका अनुसार उनीहरू पनि अब विवाहका लागि तयार भएका छन्। सूत्रका अनुसार आलियाले विवाहको योजना पनि बनाइसकेकी छन्। उनीहरूले भारतमै विवाह गर्ने छन्।

कश्मीर आलियाको मन पर्ने स्थान हो। मेघना गुलजारको फिल्म ‘राजी’को सुटिङका लागि उनी २०१७ मा कश्मीर गएकी थिइन्।सुटिङका क्रममा कश्मीरको सुन्दरताले आलियाको मन चोरेको हो। त्यसैले उनी कश्मीरमा विवाह गर्न चाहन्छिन्।आलियाको यो फैसलामा रणवीर पनि सहमत भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया