अलपत्र परेको सडक सांसद बस्नेतको पहलमा निर्माण हुँदै
प्रकाशित मिति
२०७६ मंसिर २४ गते, मंगलवार ०२:५५
भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा जुद्ध शमशेरको पालादेखिको अलपत्र परेको सडकको कालोपत्रे तथा स्तरउन्नतीको कार्यले व्यापक मात्रामा तिव्रता पाएको छ ।
जुद्ध शमसेरको कार्यकालमा निर्माण शुरु गरिएको साँगाबाट मुसी गणेश–शिव वस्ती हुँदै अरनिको राजमार्ग जोड्ने ८ मिटर चौडाई भएको १.५ किलोमिटर नालीसहितको सडकको निर्माण तथा स्तरउन्नतीको गर्ने कार्य भइरहेको छ ।
झाडीको रुपमा रहेको उक्त सडक उपत्यका प्रवेश गर्ने तथा उपत्यकाबाट बाहिर जाने आम मानिसको लागि यात्राको सहजातको लागि मात्र नभई उक्त स्थानका जनताको आवश्यकता र चाहना अनुसार अरनिको राजमार्गको वैकल्पीक सडकको रुपमा निर्माण सम्पन्न गर्न लागिएको हो ।
शासन व्यवस्था परिवर्तन भएता पनि नेतृत्वले कुनै चासो नदिँदा उक्त सडक आयोजना अलपत्र परेको थियो । राणा शासन, शाही शासन, प्रजातन्त्र, पञ्चायत शासन, बहुदलीय शासन, २०६३र०६३ को जनआन्दोलन पछि लोकतन्त्र हुँदै हाल संघिय गणतन्त्रसम्म आइपुग्दा कुनै पनि जनप्रतिनिधिको नजर पुग्न नसकेको उक्त सडकमा सांसद बस्नेतको आफ्नो कार्यकालको शुरुवातमा नै आयोजना सम्पन्न गर्ने योजनाका साथ अघि बढ्नुभएको थियो ।
उक्त सडक निर्माण भएपश्चात काभ्रे र भक्तपुरको सिमानामा पर्ने साँगामा हुने सवारी जाम तथा दुर्घटना न्युनिकरण हुने निश्चित रहेको छ । उक्त सडक निर्माणको लागि सांसद बस्नेतको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, संवन्धीत निकाय, प्रहरी तथा स्थानीयवासीको व्यापक मात्रामा साथ र सहयोग भएको पाइएको छ ।
निर्माणाधिन उक्त सडकको सांसद बस्नेतको नेतृत्वको टोलीले छड्के निरिक्षण तथा अनुगमन समेत गरेको छ । अनुगमनका क्रममा सांसद बस्नेतले गल्ती तथा कमजोरीलाई सच्याई व्यवस्थित, प्रभावकारी र दिर्घकालिन सोचका साथ काम गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिनुभएको छ ।






प्रतिकृया