• ५ साउन २०८३, मंगलबार
  • ४:५८ बेलुका

भारतको राजनीतिक नक्साबारे नेता नेपाल र भारतीय राजदूत पुरीबीच अनौपचारिक छलफल

प्रकाशित मिति

२०७६ मंसिर २३ गते, सोमबार ०३:२४

काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का नेता माधव कुमार नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच भेटवार्ता भएको छ । कोटेश्वरस्थित नेपाल निवासमा राजदूत पुरी र नेता नेपालबीच भेटवार्ता भएको हो ।

भेटमा राजदूत पुरीले आफ्नो नेपाल बसाइ पूरा हुन लागेको र यसबीचमा आफ्ना कार्यकालको चर्चा गर्नुभएको छ । वार्तामा भारतले जारी गरेको पछिल्लो राजनीतिक नक्सा र सीमामा देखिएको विवाद समाधान गर्ने विषयमा पनि नेता नेपाल र भारतीय राजदूत पुरीबीच अनौपचारिक छलफल भएको बुझिइएको छ ।

Kamana Sewa

प्रतिकृया